देउवाले विश्वासको मत लिन नसके ताजा जनादेशमा जानुपर्छ : वरिष्ठ अधिवक्त ज्ञवाली
काठमाडौँ : वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले सर्वोच्च अदालतको आदेशबाट प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत लिन नसके ताजा जनादेशमा जानुको विकल्प नभएको बताएका छन् ।
सर्वोच्च अदालतले सोमबार प्रतिनिधि सभा विघटनलाई बदर गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै डा. ज्ञवालीले विश्वासको मत अब अनिवार्य भएको बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया