सरकार

कालापानी जाने अहिले तत्काल योजना बनेको छैन, पछि जान सकिन्छ :  ओली प्रधानमन्त्री

इकागज |
चैत ७, २०८१ बिहीबार १४:२ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिम्पियाधुरा जाने कुनै योजना नभएको बताएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा सांसद बुद्धिमान तामाङले सोधेको प्रश्नको जवाफ दिँदै उनले तत्काल त्यहाँ भ्रमण गर्ने कुनै योजना नभएको बताए ।


‘त्यहाँ (कालापानी, लिम्पियाधुरा) जाने अहिले कुनै पनि योजना छैन, पछी भने जान सकिन्छ,’ उनले भने ।

बरु, उल्टै प्रश्नकर्ता सांसदलाइ प्रतिप्रश्न गरे, ‘तपाईं जाने योजनामा हुनुहुन्छ र ?  प्रश्नोत्तर जारी रहेको छ । 


Author

थप समाचार
x