शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाबारे राष्ट्रपति विद्यादेवी भण्डारीलाई छलफल गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा भएको भेटमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको स्रोतले बतायो । सोमबार साँझ बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकपछि ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए ।
करिब एक घण्टा दुई जनाबीच छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । प्रतिनिधि सभा विघटन बदर गर्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने फैसला अप्रिय भए पनि पार्टीले कार्यान्वयन गर्नुपर्ने स्थायी समिति बैठकमा बताएका ओलीले त्यसैबारे छलफल गर्न त्यहाँ गएका एमाले नेताहरूले बताएका छन् ।
'जस्तोसुकै अप्रिय र त्रुटीपूर्ण फैसला भए पनि हामी कार्यान्वयन गर्छौं,' स्थायी समिति बैठकमा ओलीले भनेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया