सरकार

शपथबारे प्रधानमन्त्रीसहित शीर्ष नेताहरू राष्ट्रपतिसँग छलफलमा

इकागज |
असार २९, २०७८ मंगलबार १९:७ बजे

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेको पत्र संविधान बमोजिमको नभएको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पद तथा गोपनियताको शपथ ग्रहण गर्न अस्वीकार गरेपछि विवाद समाधानका लागि प्रयास भइरहेको छ । 

शपथ ग्रहणस्थलको कार्यकक्षसँगैको कक्षमा राष्ट्रपतिसँग प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरूले छलफल गरिरहेका छन् । 
 



Author

थप समाचार
x