सरकार

देउवाले बनाए पाँच सदस्यीय मन्त्रिपरिषद्

गृहमा खाण, अर्थमा शर्मा

इकागज |
असार २९, २०७८ मंगलबार २०:४५ बजे

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले पद तथा गोपनीयताको शपथ लिएसँगै चार नेतालाई मन्त्रीमा नियुक्त गरेका छन् । उनीहरूले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवा र नव नियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । योसँगै देउवा नेतृत्वको मन्त्रिपरिषद् पाँच सदस्यीय भएको छ । 


देउवाले बालकृष्ण खाणलाई गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्रीमा नियुक्त गरेका छन् । पम्फा भुसाल ऊर्जामन्त्री र जनार्दन शर्मा अर्थमन्त्री नियुक्त भएका छन् । खाण र कार्की कांग्रेसबाट र शर्मा र भुसाल माओवादीबाट मन्त्री नियुक्त भएका हुन् ।


Author

थप समाचार
x