प्रधानमन्त्री देउवाले पदभार ग्रहण गरेपछि बस्यो पहिलो मन्त्रिपरिषद् बैठक
कोभिडविरुद्ध सबैलाई निशुल्क खोप लगाउने निर्णयमा देउवाको पहिलो हस्ताक्षर
काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गरेका छन् । सिंहदरबारमा रहेको प्रधानमन्त्रीको कार्यकक्षमा पुगेर पदभार ग्रहण गरेका हुन् ।
सर्वोच्च अदालतको परमादेशपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आजै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि सिंहदरबारस्थित कार्यालयमा आएर देउवाले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गरेपछि उनले कोभिड–१९ विरुद्धको खोप सबैलाई निःशुल्क लगाउने निर्णयमा पहिलो हस्ताक्षर गरेका छन् ।
देउवाले पदभार ग्रहण गरेसँगै पहिलो मन्त्रिपरिषद् बैठक बसेको छ । बैठकमा नवनियुक्त सबै मन्त्री उपस्थित थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया