खोप केन्द्र बढाउन प्रधानमन्त्री देउवाको निर्देशन
काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यकताअनुसार खोप केन्द्रहरू बढाउन निर्देशन दिएका छन् । खोप केन्द्रमा लामो लाइन देखिएको भन्दै मुख्यसचिव र स्वास्थ्य सचिवलाई खोप केन्द्रहरू बढाउन निर्देशन दिएको प्रधानमन्त्री देउवाको सचिवलायले जनाएको छ । सचिवालयकाअनुसार खोप केन्द्र बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रबन्ध मिलाउनसमेत प्रधानमन्त्री देउवाले निर्देशन दिएका हुन् ।
खोप केन्द्रमा लामो लाईन देखिएकाले आवस्यकता अनुसार #खोप_केन्द्रहरु बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई निर्देशन गरेको छु। pic.twitter.com/mOxAVfQ66C
— Sher Bahadur Deuba (@DeubaSherbdr) July 16, 2021
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया