अब भारतमा सातामा तीन उडान, ११ राजदूतको नियुक्ति खारेज
काठमाडौँ- सरकारले खोप दाता राष्ट्रलाई धन्यवाद दिँदै थप खोप सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै देश र संस्थालाई धन्यवाद दिने र खोप उत्पादक मुलुकलाई खोप उपलब्ध गराईदिन निर्णय गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बैठकले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम सिन्धुपाल्चोक तथा मनाङ जिल्लालाई २०७८ असोज मसान्तसम्म लागू हुने गरी विपद संकटग्रस्त क्षेत्र घोषण गर्ने निर्णय गरेको बताए । बैठकले इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा आगामी साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय समेत गरेको उनले बताए ।
भारतसँग सातामा एउटा मात्रै उडान रहेकोमा अब त्यसलाई बढाएर सातामा तीनवटा उडान सञ्चालनको अनुमति दिने निर्णय भएको उनले बताए । उनले यसअघि नियुक्त गरिएका ११ जना राजदूत नियुक्तीको निर्णय पनि यसअघिको बैठकले गरेको प्रवक्ता कार्कीले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया