सरकार

महन्थ ठाकुरको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

इकागज |
साउन १०, २०७८ आइतबार १७:१८ बजे

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले दायर गरेको रिटमा सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टी विवाद निरुपणका लागि निर्वाचन आयोगले 'हेड-काउन्ट'का लागि कार्यकारिणी सदस्यलाई उपस्थित हुन आदेश दिएपछि त्यसलाई रोक्न ठाकुर समूहले सर्वाेच्चमा रिट दायर गरेका थिए ।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव समूहका सांसद मोहम्मद ईश्तियाक राईले सामाजिक सञ्जालमा लेखेर अदालतले अन्तरिम आदेश दिन अदालतले इन्कार गरेको जानकारी दिएका छन् ।  अदालतले जसपाका दुवै समूहलाई छलफलका लागि साउन १५ गते उपस्थित हुन पनि आदेश दिएको छ ।  



Author

थप समाचार
x