सरकार

यस्‍ता छन् मन्‍त्रिपरिषद्‍का पछिल्‍ला चार निर्णय

इकागज |
साउन १२, २०७८ मंगलबार १७:४२ बजे

फाइल तस्‍बिर

काठमाडौँ - सरकारले गण्डकी र लुम्बिनी प्रदेशमा प्रमुख नियुक्तिका लागि पृथ्वीमान गुरुङ र अमिक शेरचनलाई सिफारिस गरेको छ । आज बसेको मन्‍त्रिपरिषद्‍ बैठकले शेरचनलाई लुम्‍बिनी र गण्‍डकीमा गुरुङलाई नियुक्‍ति गर्न राष्‍ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । 

त्‍यस्‍तै योजना आयोगको उपाध्यक्षमा विश्वनाथ पौडेल नियुक्त गरेको छ । बैठकले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णयसमेत गरेको छ भने वेवारिसे शव व्यवस्थापन निर्देशिका २०७८ स्वीकृत गरेको छ ।


 


Author

थप समाचार
x