सरकार

गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचन प्रदेश प्रमुख नियुक्त

इकागज |
साउन १२, २०७८ मंगलबार २०:४२ बजे

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचन प्रदेश प्रमुख नियुक्त भएका हुन् । 

केही बेरअघि मात्रै राष्ट्रपति भण्डारीले गण्डकीकी प्रदेश प्रमुख सीता पौडेल र लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गरेकी थिइन् । 


मन्त्रिपरिषद्को आज बसेको बैठकले पौडेल र यादवलाई हटाएर पौडेलको स्थानमा पृथ्वीमान गुरुङ र यादवको स्थानमा अमिक शेरचन नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो । 
 


Author

थप समाचार
x