सरकार

तीन सचिवको सरुवा, अर्थमा मधु मरासिनी

इकागज |
साउन १७, २०७८ आइतबार १२:२० बजे

काठमाडौँ - सरकारले तीन सचिवको सरुवा गरेको छ । केही दिन अघिको मन्त्रिपरिषद् बैठकले तीन सचिवको सरुवा गरेको हो । सरुवा भएका सचिवहरूले आजै सरुवाको पत्र बुझेका छन् ।  महालेखा नियन्त्रक मधु मरासिनी अर्थ मन्त्रालयको सचिवमा सरुवा भएका छन् ।

अर्थ सचिव शिशिरकुमार ढुंगाना र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरषद्‌को कार्यालयमा तानिएको हो । मन्त्रिपरिषद्‌मा लगिएकालाई पछि अन्यत्रको जिम्मेवारी दिइने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दियो  । आइतबार आफूले अर्थ सचिवमा सरुवा भएको पत्र बुझेको सचिव मरासिनीले जानकारी दिए । 



Author

थप समाचार
x