सरकार

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

इकागज |
साउन १९, २०७८ मंगलबार १८:२४ बजे

फाइल तस्बिर

काठमाडौँ - सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्‍‌ बैठकले भूमिसम्बन्धी आयोग खारेज गर्ने निर्णय गरेको  सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको आयोगको देशभरिकै संरचनाको बैठकले खारेज गरेको हो ।


भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बाँड्न भन्दै देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा ओली नेतृत्वको सरकारले आयोग गठन गरेको थियो ।


Author

थप समाचार
x