अफगानिस्तानका नेपालीको उद्धारमा सरकार गम्भीरतापूर्वक जिम्मेवारी निभाउनेछ : प्रधानमन्त्री देउवा
फाइल तस्बिर
काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सरकारले गम्भीरतापूर्वक जिम्मेवारी निभाउने बताएका छन् । सोमबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक प्रबन्ध मिलाउन निर्देशन गरिसके स्मरण गराउँदै उद्दार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारले दायित्व भएकोले उक्त जिम्मेवारी सजगता र गम्भीरतापुर्वक निभाउने बताएका छन् ।
'अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु,' ट्वीटरमा देउवाले लेखेका छन्, 'सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो l सजगता र गम्भीरतापुर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ l'
अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्वार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु l
— Sher Bahadur Deuba (@SherBDeuba) August 16, 2021
सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो l सजगता र गम्भीरतापुर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ l
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया