मन्त्रिपरिषद् बैठक
अफगानिस्तानमा रहेका नेपालीको उद्धार कार्य अघि बढाउन सम्बन्धित निकायलाई सरकारको निर्देशन
भूतपूर्व गोर्खा सैनिकलाई अनसन फिर्ता लिन आह्वान
काठमाडौँ - सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई छिटोभन्दा छिटो सकुशल उद्धार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपाली नागरिकलाई छिटो भन्दा छिटो सकुशल उद्धार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।
तालिबानले राज्य सत्ता कब्जामा लिएपछि अफगानिस्तानमा रहेका विदेशी नागरिकहरूको ज्यान जोखिममा परेको छ । त्यस घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपालीहरूलाई छिटोभन्दा छिटो सकुशल उद्धार गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनकाअनुसार बैठकले बेलायतमा जारी भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको आमरण अनसनलगायतका विरोधमा कार्यक्रम फिर्ता लिन पनि आह्वान गरेको छ । उनीहरूका ती माग कूटनीतिक पहलमार्फत् सम्बोधन गर्ने प्रतिवद्धता जनाउँदै नेपाल सरकारले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरूको जारी आमरण अनसनसहितको विरोधको कार्यक्रम फिर्ता लिन आह्वान गरिएको प्रवक्ता कार्कीले बताए। सरकारले उनीहरूको माग सम्बोधन गराउन कूटनीतिक पहल सुरु गरिएको पनि स्पष्ट पारेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया