हरिशंकर मिश्रलाई प्रदेश २ को प्रदेश प्रमुख बनाउने सरकारको निर्णय
काठमाडौँ - सरकारले प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले डा. राजेश झालाई हटाएर मिश्रलाई प्रदेश प्रमुख प्रमुख बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि झालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले प्रदेश २ को प्रमुखमा नियुक्त गरेको थियो । वर्तमान सरकारले यसअघि लुम्बिनी र गण्डकी प्रदेश प्रदेश प्रमुख परिवर्तन गरेको थियो । तत्कालीन ओली नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्त गरेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया