राष्ट्रपति कार्यालयमा अझै दर्ता भएन दल विभाजनसम्बन्धी अध्यादेश
कानुनमन्त्री कार्की शीतल निवासमै
काठमाडौँ - राष्ट्रपति कार्यालयमा राजनीतिक दलसम्बन्धी अध्यादेश अझै दर्ता भएको छैन । अहिले कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्की राष्ट्रपति कार्यालयमा छन् ।
राष्ट्रपतिका सञ्चारविज्ञ टिका ढकालले कानुनमन्त्री कार्की राष्ट्रपति कार्यालयमा रहेको जानकारी दिए । ‘कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की राष्टपति कार्यालयमा हुनुहुन्छ । अध्यादेश दर्ता भएको छैन । दर्ता भइसकेपछि संविधानसम्मत प्रस्ताव राष्ट्रपतिबाट रोकिदैन । दर्ता भएपछि संविधानसम्मत छ भने जारी हुन्छ,’ प्रेस विज्ञ ढकालले इकागजसँग भने ।
स्रोतका अनुसार राष्ट्रपति भण्डारी र कार्कीबीच अध्यादेशबारे छलफल भइरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया