सरकार

हुम्लामा देखिएको सीमा समस्याबारे अध्ययन गर्न सरकारले बनायो समिति

इकागज |
भदौ १६, २०७८ बुधबार १९:२० बजे

काठमाडौँ – सरकारले हुम्लाको नामखा गाउँपालिकामा देखिएको सीमा समस्याबारे अध्ययन गरी प्रतिवेदन पेस गर्न समिति बनाएको छ । 

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले हुम्लाको नामखा गाउँपालिकाको पिनी लाप्चादेखि हिल्सासम्मको सीमा क्षेत्रको सम्बन्धमा उठेका समस्या अध्ययन गरी प्रतिवेदन पेस गर्न गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी सशस्त्र प्रहरी र सीमा विज्ञ रहेको समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 
 



Author

थप समाचार
x