मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशले भाग पाए, सांसद बन्ने सम्भावना नभएकालाई मन्त्री
काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा राष्ट्रपतिले गजेन्द्रबहादुर हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त गरेकी छिन् । संवैधानिक व्यवस्था अनुसार मन्त्री नियुक्त भएको ६ महिनाभित्र सांसद नभएमा स्वतः मन्त्री पद खारेज हुन्छ । तर हमाल ६ महिनामा सांसद बन्ने आधार देखिदैंन । सांसद नै नभएका र बन्ने सम्भावना पनि नभएका हमाललाई देउवाले टपक्क टिपेर मन्त्री बनाएपछि हमालको पृष्ठभूमिबारे सबैले चासो राखेका छन् ।
नेपालगञ्ज घरबारी टोलका हमाल देउवासँग लामो समयदेखि निकट छन् । तर त्यो भन्दा बढी उनी प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाका जेठान हुन् ।
२०२७ सालमा नेपाल विद्यार्थी संघ बाँकेको उपाध्यक्ष बनेका थिए । २०३१ सालमा नेपाल विद्यार्थी संघ बाँकेको अध्यक्षका लागि वागी उम्मेद्वार बनेका थिए । २०५२ सालमा नेपाली कांग्रेस बाँकेको सभापति रहेका ठाकुर देउवाले नेपाली कांग्रेस फुटाएर गठन गरेको नेपाली कांग्रेस प्रजातान्त्रिकका जिल्ला सभापति रहेका थिए । उनी २०५७ सालमा नेपाली कांग्रेसले १६ जना जिल्ला सभापतिहरूलाई कारबाही गर्दा उनी पनि कारबाहीमा परेका थिए । उनेपाली कांग्रेसका नेता स्वर्गी भाइराजा हमाल परिबारका साइला भाई हुन्, गजेन्द्र हमाल । भाइराज पञ्चायतकालमा एक दशक भन्दा लामो समय नेपाली कांग्रेस बाँकेको सभापति थिए ।
देउवाको जोडबलमा २०६४ सालमा बाके क्षेत्र नं. १ बाट सांसदमा टिकट पाए पनि गजेन्द्र हमाल संविधानसभा निर्वाचनमा पराजित भए । चुनाव जित्न नसके पछि गजेन्द्रले नेपाल हिन्दू राष्ट्र हुनु पर्छ भन्ने अभियान सुरु गरे । भारतबाट साधुसन्तहरुलाई बोलाएर गाउँ–गाउँमा धार्मिक जागरण अभियान सुरु गरेका हुन् । ६६ वर्षीय गजेन्द्र ३ पटक बाँकेबाट नेपाली काग्रेसको महासमिति सदस्यमा निर्वाचित भई सकेका छन् । नेपाली काग्रेसको तेहै महाधिबेशनका बेला भने गजेन्द्र महाधिबेशन प्रतिनिधि कै चुनाबमा पराजित भएका थिए ।
यद्यपि मन्त्री बनेका हमालले नेपाली कांग्रेसको १४औं महाधिवेशनमा क्षेत्रीय प्रतिनिधि समेत पराजित भएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया