बाढी, पहिरो र डुबानमा फसेका पर्यटकलाई उद्धार गर्न गृहमन्त्रीको निर्देशन
फाइल तस्बिर
काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले लगातारको वर्षात्पछि आएको बाढी पहिरो र डुबानका कारण अलपत्र परेका विदेशी नागरिक/पर्यटकलाई यथाशक्य उद्धार गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्। गृहमन्त्री खाणले आज बिहान नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनालाई विपद्मा फसेका विदेशी नागरिक/पर्यटकलाई उद्धार गर्न निर्देशन दिएका हुन्।
‘बाढी पहिरो र भएको डुबानमा परेका नेपाली नागरिकहरूको खोजी, उद्धार, पुनःस्थापना र राहत वितरणमा यहाँहरू निरन्तर लागिरहनु भएको छ । अब नेपाल भ्रमणमा आएका र मुलुकको विभिन्न स्थानमा पुगेका विदेशी नागरिक/पर्यटक बाढी पहिरो र डुबानमा परेका खबरहरू आइरहेका छन् । उनीहररूको उद्धारमा पनि विशेष ध्यान दिनुहोला,’ गृहमन्त्री खाणले निर्देशन दिँदै भने ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया