सरकार

सरकार जनताको इच्छाविपरीत कुनै काम गर्दैन: ऊर्जामन्त्री भुसाल

इकागज |
कात्तिक १२, २०७८ शुक्रबार १४:६ बजे

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको चाहनानुसार नै विकास निर्माणका कामलाई अगाडि बढाइने विश्वास दिलाएकी छिन् । भौतिक तथा मानवीय विकास नै प्रमुख भएको बताउँदै उनले त्यसका लागि सम्पूर्ण जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिइन् । 

गोदावरी नगरपालिका–१२ र काठमाडौँ मेडिकल कलेजले संयुक्तरूपमा आज आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविर शुभारम्भ गर्दै मन्त्री भुसालले  आफूहरु जनतालाई साथमा लिएर विकास निर्माणका कार्यलाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताइन् । उनले स्वास्थ, शिक्षा एवं पूर्वाधार विकासका लागि सरकार जनताप्रति प्रतिबद्ध रहेकोे र जनताको इच्छाविपरीत कुनै काम नगर्ने जिकिर गरिन् । 


जनताको भावनालाई पहिलो प्राथमिकतामा राखेर विकास निर्माणका काम अघि बढाउने विश्वास दिलाउँदै मन्त्री भुसालले सातदोबाटो–चापागाउँ सडक स्तरोन्नति गर्दा जनताको इन्छाअनुसार नै गरिएको बताइन् । 

ललितपुर जिल्ला स्वास्थ्य र शिक्षामा अग्रपङ्तिमा रहेको उल्लेख गर्दै उनले धनीवर्गका लागि महँगा अस्पताल र गरिब जनताले निःशुल्क स्वास्थ्य सेवा पनि पाउनसक्ने अवस्था रहेको बताइन् । बागमती प्रदेश सदस्य राजकाजी महर्जनले स्वास्थ्य र शिक्षासहित ललितपुरको विकासका लागि आफूहरू प्रतिबद्ध रहेको बताइन् । 

रासस


Author

थप समाचार
x