सरकार

प्रधानमन्त्री देउवा दोहामा

इकागज |
कात्तिक १२, २०७८ शुक्रबार १७:४० बजे

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वल्र्ड लिडर समिट’ मा सहभागी हुने क्रममा आज अपरान्‍ह कतारको राजधानी दोहा पुगेका छन् । 

नेपालका तर्फबाट समिटमा सहभागी हुने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी शुक्रबार बिहान काठमाडौँबाट प्रस्थान गरी कतार एयरको विमानबाट दोहाको हमद अन्तर्राष्ट्रिय विमानस्थल ओर्लेका हुन् । 


विमानस्थलमा उनीलाई कतारका लागि नेपालका कार्यवाहक आवासीय राजदूत लक्ष्मण खनाल, कतारका शिष्टाचार अधिकारीलगायतले स्वागत गरेका थिए । प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल आजै बेलायतको राजधानी लण्डनका लागि प्रस्थान गर्नेछ । उनी लण्डनमा शनिबार र आइतबार रहने तथा विभिन्न भेटघाट र कार्यक्रममा व्यस्त हुनेछन् । 

रासस


Author

थप समाचार
x