सरकार

प्रदेश १ : चार मन्त्रीसहित एक राज्यमन्त्रीले लिए शपथ

बाबुराम भण्डारी |
कात्तिक १६, २०७८ मंगलबार १६:३० बजे

विराटनगर । प्रदेश १ का नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी ले नवनियुक्त पाँच मन्त्रीहरुलाई पद तथा गापनियताको शपथ गराएका हुन् । 

मन्त्रीहरु केदार कार्की, हिमाल कार्की, इन्द्रबहादुर आङ्बो, जयराम यादव र राज्यमन्त्रीमा विष्णु तुम्बाहाम्फेले पद तथा गोपनियताको शपथ लिएका छन् । 



गठबन्धन दलबाट चार मन्त्री र एक राज्यमन्त्री बनेका छन् । मुख्यमन्त्री राजेन्द्रकुमार राईले पनि केहीबेर अघि शपथ लिएका थिए । 

गठबन्धन दलका तर्फबाट कांग्रेसबाट आन्तरिक मामिला तथा कानुन मन्त्रीमा केदार कार्की, भौतिक पूर्वाधार विकास मन्त्रालयमा हिमाल कार्की मन्त्री भएका छन् ।


यस्तै माओवादी केन्द्रबाट आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो र सामाजिक विकास मन्त्रीमा जसपाका जयराम यादव भएका छन् । त्यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकाविष्णु तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री भएकी छिन् ।  


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x