कार्यवाहक प्रधानमन्त्री खाण सुर्खेतमा
फाइल तस्बिर
सुर्खेत - प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाण सुुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा यहाँ आइपुगेका छन् । मन्त्री खाणले ती जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रका स्थानीयवासीसँग क्षति र पुनःनिर्माणका लागि चाल्नुपर्ने कदमबारे अन्तर्क्रियासमेत गर्नेछन् । गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म ती जिल्लामा भएका बाढीपहिरोको घटनामा परी ठूलो जनधनको क्षति भएको थियो ।
गृहमन्त्रीलाई खाँणलाई कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीलगायतका नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गर्नेछन् । गृहमन्त्रीका साथ ती जिल्लाका सांसद्, पूर्वमन्त्री एवं जनप्रतिनिधि र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेललगायत सहभागी छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया