संविधान र लोकतन्त्रको रक्षार्थ गठबन्धन बनेको हो: ऊर्जामन्त्री भुसाल
काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रतिगमनको खतरा रहँदासम्म वर्तमान गठबन्धन कायम रहने बताएकी छिन् । राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेर गठबन्धनको सरकार बनेको बताउँदै उनले भनिन्, 'जनताको आकांक्षालाई सम्बोधन गर्न र उपलब्धि रक्षा गर्न गठबन्धन बनेको हो ।'
ललितपुरको ठेचोमा आज आयोजित नवदुर्गा भवानीदेवी मन्दिर उद्घाटन तथा गोदावरी नगरपालिकाद्वारा स्थापित अक्षयकोष रकम सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा मन्त्री भुसालले गठबन्धन सरकारले जनताको चाहनाभन्दा बाहिर गएर कुनै पनि काम नगर्ने स्पष्ट पारिन् ।
आफू निर्वाचनमा जाँदा कला र संस्कृतिको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरेअनुसार काम भएको बताउँदै उनले भनिन्, 'हाम्रो ललितपुर, कला संस्कृति र सम्पदाले सम्पन्न छ, त्यसको संरक्षण र विकास गर्नुपर्छ, सोही अनुसार काम भइरहेको छ ।'
रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया