सरकार

सरकारको निर्णयप्रति माधव नेपालको आपत्ति

इकागज |
कात्तिक ४, २०७७ मंगलबार १२:९ बजे

काठमाडौं : नेकपा बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले कोभिड-१९ संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय गर्नु आफैमा आपत्ति जनक भएको पनि आरोप पनि उनले लगाएका छन् ।

बरिष्ठ नेता नेपालले विज्ञप्ति प्रकाशित गर्दै सरकारको गैर जिम्मेवारीपूर्ण निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन् । कोरोना माहामरीका बेला नागरिकको आडभरोसाको केन्द्र बन्नुपर्ने सरकारले निःशुल्क उपचार नगर्ने निर्णय गरेर गैर जिम्मेवारीपन देखाएको आरोप पनि उनले लगाएका छनन् ।


सरकारको निर्णयप्रति नेकपाकै नेताहरुले असन्तुष्टि पोख्दै आएका छन् ।
 
यस्तो छ बरिष्ठ नेता नेपालको विज्ञप्ति

   


Author

थप समाचार
x