सरकार

मुस्लिमको अवस्था सुधार नभएसम्म देशको समृद्धि सम्भव छैन : मुख्यमन्‍त्री राउत

इकागज |
मंसिर २५, २०७८ शनिबार १७:१६ बजे

जनकपुरधाम - प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुस्लिमको अवस्थामा सुधार नआएसम्म देश वा प्रदेशको समृद्धि तथा विकास हुन नसक्ने बताएका छन । मुस्लिम आयोग द्वारा शनिवार जनकपुरधाममा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री राउतले मुस्लिम समुदाय मानव सूचकांक मात्र होइन रोजगारी, शिक्षा र राजनीतिक रुपमा पछाडि रहेकोको अवस्थामा देश वा प्रदेशको समृद्धि र विकासको परिकल्पना गर्न गर्न नसक्ने बताए ।

उनले भने मुस्लिम समुदाय अहिलेपनि शिक्षाको पहुँचबाट टाढा रहेकोले मदरसा शिक्षालाई संघीय सरकारले मान्यता दिएर पहुँच नबनाएसम्म राज्यको मूलधारबाट बाहिर नै रहनेछ । प्रदेश सरकारले मदरसा शिक्षा बोर्ड गठनको लागी विधेयक सदनमा पु¥याइ सकेको उल्लेख गर्दै उनले  मदरसामा अरबी र उर्दुका साथ साथै अंग्रेजी, विज्ञान र गणित शिक्षाको अध्यापन समेत हुनु पर्नेमा जोड दिए ।


मुख्यमन्त्री राउले मुस्लिम समुदाय पछाडि पर्नुमा राज्य पक्ष मात्र दोषी नभएर यहाँका समाजका अगुवाहरु पनि उतिकै जिम्मेवार रहेको भन्दै अरु माथी औला ठड्याएर मात्र मुस्लिम समुदायको विकास सम्भव नरहेको उल्लेख बताए । प्रदेश सरकारले सबै जात समुदायलाई जनसंख्याको अनुपातमा आरक्षणको व्यवस्था गरि सकेको उल्लेख गर्नु हुँदै उनले मुस्लिम समुदायले प्रदेश सरकारको सबै निकायमा १२ प्रतिशत आरक्षण पाउने विश्वास दिलाए ।

उनले जबसम्म मुस्लिम समुदाय सम्बन्धी छुट्टै कानून र नीति बन्दैन तबसम्म अवस्थामा सुधार नआउने भन्दै संविधानमा मुस्लिम सम्बन्धी क्लस्टर व्यस्था गरिएपनि त्यसमा अन्य समुदायलाई ग्राहयता दिने गरिएकोले छुट्टै कानून निर्माणको आवश्यकता रहेको बताए । कायक्रममा उद्योग, पर्यटन , वन तथा वातावरण मन्त्री सत्रुधन महतो, प्रदेश सभा सदस्य अशोक यादव, जयनुल राइन, दिलिप साह, सुरिता साह सहितका वक्ताहरुले मुस्लिम समुदायको हक अधिकार बारे आ–आफना धारणा राखेका थिए ।
 


Author

थप समाचार
x