सरकार

रक्षामन्त्रीबाट राजीनामा घोषणा गरेपछि यसो भन्‍छन् मिनेन्द्र रिजाल

इकागज |
पुस १, २०७८ बिहीबार १३:२७ बजे

काठमाडौँ- रक्षामन्त्री पदबाट मिनेन्द्र रिजालले राजीनामा दिने घोषणा गरेका छन् । नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनमा महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै राजीनामा दिने बताएका हुन्।

रिजालले महामन्त्रीको फाइनल मत परिणाम आएपछि प्रधानमन्त्री समक्ष राजीनामा दिने इकागजसँग बताए ।  'फाइनल मत परिणाम आएपछि प्रधानमन्त्री समक्ष राजीनामा दिन्छु' रिजालले इकागजसँग भने 'अहिले घोषणा मात्रै गरेको हुँ ।' 


'नेपाली काङ्ग्रेसको चौधौँ महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु' रिजालले ट्‍वीट गरेका छन् 'अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु ।'
 


Author

थप समाचार
x