सरकार

भृकुटीमण्डप बजारलाई व्यवस्थित बनाउँछौ- मन्त्री रेग्मी

इकागज |
पुस ५, २०७८ सोमबार १६:३ बजे

फाइल फाेटाे

काठमाडौँ - महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डप बजारलाई व्यवस्थित बनाउने बताएकी छिन् । 

सोमबार काठमाडौंमा आयोजित भृकुटीमण्डप निम्न व्यापारी संघको २७ औँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री रेग्मीले अव्यवस्थित रुपमा रहेको भृकुटीमण्डप बजारलाई व्यवस्थित बनाउने बताएकी हुन् । 


उनले भृकुटीमण्डपमा अहिले अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएकाले यसलाई व्यवस्थित बनाउँदै साना व्यापारीमैत्री क्षेत्र बनाउने योजना रहेको बताइन् । 

मन्त्री रेग्मीले भृकुटीमण्डपमा धेरै समस्याहरु रहेको भन्दै सबैलाई व्यवस्थित गर्नु पर्ने जरुरी रहेको उल्लेख गरिन् । उनले भृकुटीमण्डपमा रहेका निम्न व्यवसायीर्ले तिर्दै आएको भाडालाई वैज्ञानिक रुपमा वृद्धि गर्दै प्लास्टिकको छानोलाई परिर्वतन गर्ने काम समेत अगाडि बढाउने बताइन् ।

 मन्त्री रेग्मीले भृकुटीमण्डप स्टलको भाडा बढाएर व्यापारी बस्ने स्थान व्यवस्थित र सरसफाइमा समेत व्यवस्थित बनाइने बताइन् । उनले बजार स्थापना भएको २७ वर्ष पुगे पनि बजारलाई व्यवस्थित गर्नु नसक्नु राम्रो नभएको बताइन् । 

समाज कल्याण परिषद्सँग भएको सम्झौता सकिए पनि पुनः सम्झौता गर्न तयार रहेको बताइन् । मन्त्री रेग्मीले पछिल्लो समय भृकुटीमण्डपका व्यापारीहरुले बीचबीचमा समाजकल्याण परिषद्भन्दा बाहिर सम्झौता हुने गरेको भन्दै परिषद्मा नै गएर सम्झौता गर्न व्यापारीलाई आग्रह गरिन् । उनले भृकुटीमण्डपका व्यापारीको घर धनी भनेको समाज कल्याण परिषद् भएको भन्दै घर धनीलाई थाहा नदिई सामान बेच्न नपाउने बताइन् । 

कार्यक्रममा संघले मन्त्रीसँग गत मंसीर २४ गतेदेखि सकिएको सम्झौता थप गर्न आग्रह गरेको थियो ।  


Author

थप समाचार
x