स्थानीय तहको चुनावका लागि सुरक्षा तयारी सुरू
फाइल फोटो
काठमाडौँ - सरकारले मुलुकमा आसन्न राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचनको सुरक्षाको तयारी सुरु गरेको छ । गृहमन्त्रालयमा आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा राष्ट्रिय सभा र स्थानीय तहको निर्वाचनको सुरक्षाका बिषयमा छलफल भएको हो ।
गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकमा सुरक्षाका बहुआयामिक आयाम सवैको व्यवस्था गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता प्रदीप कुमार कोईरालाले जानकारी दिए । बैठकमा मुलुकका सवै सुरक्षा निकायका प्रतिनिधी तथा मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता रहेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया