देशलाई विकासको बाटोमा अग्रसर गराउने वर्तमान सरकारको नीति : मन्त्री कार्की
काठमाडाैं - सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशलाई विकास निर्माणमा अग्रसर गराउने वर्तमान सरकारले नीति लिएको बताएका छन् ।
सुनसरीको हरिनगर गाउँपालिका–२ नरकटियामा बाटोको शिलान्यास गर्दै मन्त्री कार्कीले जनतालाई अधिकार सम्पन्न बनाएर देशलाई विकासमा अग्रसर बनाउने वर्तमान सरकारले नीति लिएको र सोहीअनुसार कार्य गरिरहेको उल्लेख गरे ।
जनचहनाअनुसार नै तीन तहको सरकारले देशमा भएको बेरोजगारी र गरिबी अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले त्यो दायित्व पूरा गर्न नसक्ने व्यक्तिले नेतृत्व गर्न नसक्ने दाबी गरे ।
पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएका बेलामा देशमा कोरोना खोपको अभाव भएकामा अहिले त्यो समस्या समाधान भएर गएको र प्रर्याप्त मात्रामा खोप आपूर्ति भएको मन्त्री कार्कीको भनाइ थियो ।
वर्तमान सरकारले देशलाई छिटोभन्दा छिटो समृद्धिको बाटोमा अगाडि बढाउन काम गरिरहेको उनले उल्लेख गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया