अनलाइन सञ्चारमाध्यम विश्वसनीय बनाउनुपर्छ : मन्त्री कार्की
फाइल फोटो
काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अनलाइन सञ्चार माध्यमलाई विश्वसनीय, जवाफदेही र मर्यादित बनाउनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा अनलाईन पत्रकार संघ, नेपालको ११ औं बार्षिक साधारणसभा उद्घाटन गर्दै मन्त्री कार्कीले अनलाइन सञ्चार माध्यमको संख्या बढ्संगै यसलाई विश्वसनीय, जवाफदेही र मर्यादित बनाउनुपर्ने बताएका छन् ।
उनले अनलाइन सञ्चार माध्यमलाई मर्यादित बनाउन सरकारको सहयोग हुने जिकिर गरे । उनले अनलाइन सञ्चार माध्यमलाई अन्य सञ्चारमाध्यमसरह लोक कल्याणकारी विज्ञापन उपलब्ध गराउने घोषणा भइसकेको अवस्थामा मन्त्रालयले आवश्यक तयारी र गृहकार्य गरिरहेको बताए । कोरोना बिमाका बिषयलाई पनि सरकारले गम्भीर रुपमा लिएको उनले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया