सरकार

‘गण्डकी प्रदेशलाई खेलकुदको हब बनाउन चाहन्छु’

इकागज |
पुस २१, २०७८ बुधबार २१:४४ बजे

फाइल फोटो

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारले खेलकुदको महत्वलाई बुझेर खेलकुद मन्त्रालय नै बनाएर यस क्षेत्रको विकासलाई अघि बढाइरहेको बताएका छन् । 

लमजुङ बेँसीसहर नगरपालिका–७ स्थित सहजी खेलमैदानमा २९ औँ त्रिवेणी कप फुटबल प्रतियोगिताको पुरस्कार वितरण तथा समापन कार्यक्रममा उनले प्रदेशलाई खेलकुदको ‘हब’ बनाउन चाहेको बताए । 


प्रदेश सरकारले खेललाई अगाडि बढाउने सन्दर्भमा अन्तर्राष्ट्रियस्तरको एउटा फुटबल रिसर्च सेन्टर बनाउनका लागि जग्गा लिएको र पोखरामा स्थापना गर्नका लागि फिफाबाट लगभग रु २० करोड विनियोजित भएर ठेक्कामा जान लागेको उनले जानकारी दिए । 

आयोजक क्लबका अध्यक्ष विनोद गुरुङले बर्सेनि यसरी नै फुटबल प्रतियोगिता सञ्चालन गर्दै जिल्लामा लुकेर रहेका दक्ष खेलाडीको प्रतिभा पहिचान गर्नुका साथै राष्ट्रियस्तरका खेलाडी बनाउने कार्य गर्दै आएको बताए । 

खेलकुद प्रतियोगिता सञ्चालन गर्दै आए पनि गुणस्तरीय खेलकुद मैदान बनाउन आर्थिक समस्या भएकाले यसमा तीनवटै सरकारको सहयोग आवश्यक रहेको उनको भनाइ थियो । रासस 


Author

थप समाचार
x