सरकार

देउवा सरकारका मन्त्रीहरू पनि काेभिडको जोखिममा

इकागज |
पुस २५, २०७८ आइतबार १२:१३ बजे

काठमाडौँ- सत्ताा साझेदार दल नेकपा माओवादी केन्द्रका शीर्षनेताहरूलाई काेभिड संक्रमण पुष्टि भएसँगै केन्द्रीय सरकारका मन्त्री पनि जोखिममा परेका छन् । 

हालै आठौँ महाधिवेशन सकेका माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, मातृका यादव, हरिबोल गजुरेल, रामप्रसाद सापकोटा, सुवोध शेर्पाली, अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, वाईसीएल अध्यक्ष सुमन देवकोटा, महेन्द्रबहादुर शाहीलगायत नेताहरूलाई काेभिड संक्रमण पुष्टि भएको छ । 


महाधिवेशनमा सहभागी पत्रकारहरूमा पनि कोरोना संक्रमण भएको छ । साथै माओवादी कार्यालयका मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेलबाहेक सचिव डोरप्रसाद उपाध्याय, एविन्द्र पराजुलीसहितलाई काेभिड संक्रमण भएको छ । 

माओवादी केन्द्रीय सरकारमा आबद्ध छ । महाधिवेशनमा सहभागी भएका पम्फा भुसा, जनार्दन शर्मा, देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वरजंग गहतराज माओवादीबाट मन्त्रिपरिषद्मा छन् । जस कारण सरकारका मन्त्री पनि काेभिड संक्रमणको जोखिममा छन् । 

दाहालसँग भेटेका प्रधानमन्त्री शेरबहादुर देउवा आइसोलेसनमा बसिसकेका छन् । पछिल्लो महिनायता राजनीतिक दलका महाधिवेशन र गतिविधिले कोरोना संक्रमण जोखिम बढाएको भन्दै चिन्ता जनाउन थालिएको छ । देशभरबाट आएका नेता तथा कार्यकर्तालाई जनस्वास्थ्यको मापदण्ड पालना नगराई  कार्यक्रममा सहभागी गराएर राजनीतिक गतिविधि गरिएको थियो । 
 


Author

थप समाचार
x