प्रधानमन्त्री देउवाको दोस्रो कोभिड रिपोर्ट पनि नेगेटिभ
फाइल तस्बिर
काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाको दाेस्राे कोभिड रिपोर्ट पनि नेगेटिभ आएको छ । बिहीबार कोभिड परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
कन्ट्रयाक ट्रेसिङमा परी यसअघि गरिएको परीक्षणमा समेत देउवाको रिपोर्ट नेगेटिभ आएको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कोभिड देखिएपछि गत शनिबारदेखि देउवा आइसोलेसनमा थिए ।
गत बिहीबार र शुक्रबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागीमध्ये दाहाललाई कोभिड देखिएपछि देउवा आइसोलेसनमा थिए । देउवाले बिहीबार पुनः पीसीआर परीक्षण गराएका हुन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया