धनगढीमा प्रधानमन्त्री देउवा र मोदीको पुत्ला दहन
‘भारतीय हस्तक्षेप मुर्दावाद’ भन्दै अनेरास्ववियूको नाराबाजी
कैलाली : धनगढीमा रहेको मुख्यमन्त्री कार्यालय अगाडि प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाइएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू कैलालीले नेपाल र भारतका प्रधानमन्त्रीको पुत्ला जलाएको हो ।
भारतले लिपुलेक र कालापानी कब्जा गरेकोप्रति सरकारको धारणा नआएको भन्दै बसपार्क अगाडि रहेको साल्ट ट्रेडिङ कार्यालयदेखि मुख्यमन्त्री कार्यालयसम्म राँके जुलुससहित नाराबाजी गरेका उनीहरुले कार्यालय अगाडि पुगेपछि पुत्ला पनि जलाएका हुन् ।
नाराबाजीका क्रममा उनीहरुले ‘कालापानी लिपुलेक हाम्रै हो, भारतीय हस्तक्षेप मुर्दावाद’ लगायतका नारा लगाएका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया