प्रधानमन्त्री देउवाको सम्बोधनमा ढिलाइ
काठमाडाैँ – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दैछन् ।
प्रधानमन्त्री निवास बालुवाटारबाट देउवाले शुक्रवार दिउँसो सम्बोधन गर्न लागेका हुन् ।
पुस २९ गते सरकारको ६ महिना पुरा भइसकेको छ । कोरोना महामारी र सरकारको ६ महिने कामबारे देउवाले राष्ट्रका नाममा सम्बोधन गर्न लागेको देउवाका सचिवालय सदस्य गोविन्द परियारले इकागजलाई जानकारी दिए । देउवाको सम्बोधन सरकारी मिडिया नेपाल टेलिभिजनबाट प्रसारण हुने बताइएको छ ।
दिउँसो ३ बजे सम्बोधन हुने प्रधानमन्त्रीको सचिवालयले जनाए पनि साढे ४ बजेसम्म सुरू हुन सकेको छैन ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया