कर्णालीका मुख्यमन्त्रीद्वारा एमालेको प्रशंसा
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सत्तापक्ष तथा प्रतिपक्ष सबै मिलेर कर्णाली प्रदेश बनाउनतिर लाग्नुपर्ने बताएका छन् । प्रदेशसभाको नवौ अधिवेशनको तेस्रो बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन् ।
‘मुख्यमन्त्री, मन्त्री र सांसदले आफ्नो स्वमुल्यांकन गर्नुपर्छ’ उनले भने, ‘सबै सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रमात्र नभई समग्र कर्णालीको विकासलाई हेर्नुपर्छ ।’ सदनमा मुख्यमन्त्री शाहीले एमाले संसदीय दलका नेता यामलाल कँडेलले दिएको मन्तव्यले आफ्नो छाति गर्वले फुलेको पनि टिप्पणी गरे ।
प्रदेशमा रहेको २४ निर्वाचन क्षेत्र र ती क्षेत्रबाट निर्वाचित प्रतिनिधिहरु नै जनताका लागि बोल्ने काम गर्ने भएकाले सबै एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको उनले बताए । ‘प्रतिपक्ष भनेको सरकार कुन् बाटोमा हिडेको छ, त्यो निगरानी गर्नु हो’ उनले भने, ‘यसको काम ‘वाच डक’ को पनि हुन्छ ।’
उनले अर्थ विधेयक अन्य विधेयक जस्तो नभएको बताउँदै सकेसम्म प्रमुख प्रतिपक्षी दललाई साथमा लिएर सुधार गर्न सकिने ठाउँमा सुधार गर्न तयार रहेको बताएका छन् । कानूनले वर्जित नगरेसम्मका लागि सरकार लचकताका साथ अघि बढ्ने बताउँदै प्रमुख प्रतिपक्षले निःस्वार्थ ढंगले सुशासन कायम गर्नका लागि बोलेको भन्दै उनले नेता कँडेलको प्रशंसा गरे ।
सुशासन कायम गर्ने नाममा सरकारले कुशासनको बाटोमा लाग्न नहुने बताउँदै आफू त्यस कुरामा सचेत र सजग रहेको उनको भनाई थियो । मुख्यमन्त्री शाहीले कोरोना व्यवस्थापनको लागि कर्णाली सरकारले विभिन्न नाकाहरुमा होल्डिङ सेन्टरको स्थापना गरेको जानकारी दिए । त्यसैगरी प्रदेशमा खोपको समस्या पनि नरहेको मुख्यमन्त्री शाहीको दाबी थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया