सरकार

छ-छ महिना प्रधानमन्त्री फेर्ने खेल रचियो : प्रधानमन्त्री ओली

इकागज |
पुस २६, २०७७ आइतबार १३:४६ बजे

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत आकांक्षा र पदलोपुताका कारण राष्ट्रिय राजनीति प्रदूषित भएको बताएका छन् । राष्ट्रिय सभामा सम्बोधनका क्रममा सत्तारुढ दलमै चरम अस्थिरता देखापरेपछि असहज वातावरण सिर्जना भएको बताएका छन् । ‘प्रतिनिधिसभा पाँच चल्नेछ । विना विग्रह प्रतिनिधि सभाले आफूलाई लगातार देश र जनताको सेवामा संविधानको रक्षा र कार्यान्वयनको सवालमा, संघीय लोकतन्त्रको रक्षा र कार्यान्वयनका सवालमा विना अवरोध गर्न काम पाउनेछ भने सोचिएको थियो,’ उनले भने, ‘जनताले असाधारण विश्वास र अभिभारा सुम्पेका थिए । मैले धेरै कोशिश गरे, भरसक पाँच वर्ष सरकार टिकोस्, स्थिर र स्थायित्व निम्ति अस्वथ ढंगले सरकार परिवर्तन होस् भन्ने होइन ।’

उनले लेनदेनमै अल्झाएर सरकारलाइृ काम गर्न नदिएको समेत दोहोर्‍याए । ‘लेनदेनमै अल्झाउने काम भयो’ ओलीले भने, ‘सरकार केही व्यक्तिको व्यक्तिगत आकांक्षा र महत्वकांक्षा र पदलोपुताका कारण राष्ट्रिय राजनीति प्रदूषित गरियो । मुलुकलाई अघि बढ्न नदिइ बहुमत टुक्र्याउने, खण्डित गर्ने, ध्वस्त पार्ने, फेरि अस्वस्थ, अनुचित, अलोकतान्त्रिक लेनदेन जालझेल, तिडकम रच्दै छ–छ महिना प्रधानमन्त्री फेर्ने खेल रचियो । ‘संघीय लोकतन्त्र चल्दैन भन्ने निस्कर्ष निकालिएको छ’ ओलीले भने ‘सत्तारुढ दलमै चरम अस्थिरता देखापर्‍याे र असहज वातावरण सिर्जना भयो ।’



Author

थप समाचार
x