सरकार

सीसीएमसीकाे सिफारिस

भोलिदेखि जोर बिजोर प्रणाली हट्ने

अरु के के छन् सीसीएमसीका सिफारिस ?

इकागज |
माघ २३, २०७८ आइतबार १८:३० बजे

फाइल फोटो

काठमाडौँ : कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । आइतबार बसेको सीसीएमसीको बैठकले सोमबारदेखि लागू हुने गरि जोर बिजोर प्रणाली हटाउन गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

खासगरी निजी गाडी र ट्याक्सीमा लगाइएको जोर बिजोर प्रणाली सोमबार बिहानैदेखि हट्ने भएको हो । यसका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँले जोर बिजोर प्रणाली हटाएको पत्र जारी गर्ने तयारी गरेका छन् । काठमाडौँ उपत्यकामा सार्वजनिक गाडीमा लगाइएको जोर बिजोर प्रणाली भने यसअघि चर्को आलोचना भएपछि हटाइएको थियो । 


त्यसबाहेक सीसीएमसी बैठकले विद्यालय फागुन १ गतेदेखि सञ्चालन गर्ने लगायतका सिफारिस पनि गरेकाे छ ।


Author

थप समाचार
x