लोकसेवालाई विज्ञापन खोल्न दिने मन्त्रिपरिषद्काे निर्णय
फाइल फोटो
कैलाली – सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद्ले प्रदेश लोकसेवा आयोगलाई विज्ञापन खोल्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले तहगत कायम गर्दै रिक्त रहेका पदमा पदपुर्ति गर्न आयोगलाई लेखी पठाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले संघीय सरकारको स्वीकृत दरबन्दीअनुसार प्रदेशको मन्त्रालय र मातहतका निकायमा रिक्त दरबन्दीमा कर्मचारी भर्ना गर्न लोकसेवालाई आग्रह गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले बताइन् ।
कर्मचारी समायोजन अनुसार प्रदेशमा समायोजन नहुने विशिष्ट श्रेणी प्रमुख सचिव, संघिय ऐन बमोजिमबाट पुर्ति हुने पदबाहेकलाई तहगत कायम गरी कर्मचारीको दरबन्दीको सीमाभित्र रही दरबन्दी स्वीकृत गर्ने भन्ने निर्णय भएको बताउदै मन्त्री जोशीले रिक्त दरबन्दी रहेका मन्त्रालयको माग आपुर्ति फारम भरी प्रदेश लोक सेवा आयोगमा पठाउने निर्णय समेत भएको बताइन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया