सरकार

सुदूरका प्रदेश प्रमुख जोशी भन्छन्ः

‘जनताका गुनासा सम्बोधन गर्ने प्रयास गर्छु’

इकागज |
माघ २८, २०७८ शुक्रबार १९:४२ बजे

कैलाली : सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले संविधानले दिएका अधिकार प्रत्यायोजन गर्दै प्रदेश सरकारलाई घचघच्याउने र जनताका गुनासालाई सम्बोधन गरिने बताएका छन्।

शुक्रबार धनगढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रदेश प्रमुख जोशीले संविधानले दिएको अधिकारभन्दा बाहिर गएर कुनै पनि काम आफुले  नगर्ने बताए । उनले सक्रिय राजनीतिमा रहेकै वेला प्रदेश प्रमुखको जिम्मेवारी पाएको भन्दै जन अपेक्षाका बारेमा आफुलाई जानकारी हुने भन्दै बेवास्ता गर्न नसकिने बताए ।


अधिकारको सीमामा रहेर जनभावना समेट्न सक्दो प्रयत्न गर्ने प्रदेश प्रमुख जोशीले बताए । भेटघाटका क्रममा कान्तिपुर दैनिकका सुदुरपश्चिम प्रमुख चित्राङ्ग थापाले पत्रकारका समस्या र समसामयिक बिषयमा प्रदेश प्रमुखलाई जानकारी गराएका थिए । 
 


Author

थप समाचार
x