सरकार

आइतबार मधेस प्रदेशमा सार्वजनिक बिदा

इकागज |
माघ २८, २०७८ शुक्रबार २०:३० बजे

फाइल फोटो

काठमाडौँ : तत्कालीन विद्रोही नेकपा माओवादीले नेपालमा ‘जनयुद्ध’ अर्थात सशस्त्र द्वन्द्व घोषणा गरेको दिनको अवसरमा मधेस प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार मधेस प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सूचना जारी गदै आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

आइतबार २७ औं जनयुद्ध दिवस विभिन्न कार्यक्रम गरि मनइँदैछ । खासगरी तत्कालीन नेकपा माओवादी अर्थात अहिलेको माओवादी केन्द्रले यो दिवस मनाउँदै आएको छ । नेपालमा गणतन्त्र, नयाँ संविधान र संघीयता ल्याउन नेतृत्व गरेको माओवादी केन्द्रका नेताहरुले बताउँदै आएका छन् ।



Author

थप समाचार
x