सरकार

बिहीबार सत्ता गठबन्धनको बैठक बस्‍ने

इकागज |
फागुन ४, २०७८ बुधबार १२:४७ बजे

काठमाडौँ- सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठक भोलि बस्‍ने भएको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएपछि भोलि दिउँसो ३ बजे गठबन्धनका शीर्ष नेताहरूको बैठक बोलाइएको हो ।

अमेरिकी अनुदान सहयोग परियोजना (एमसीसी) शुक्रबार मात्रै संसद्‌मा पेस गर्ने देउवा र प्रचण्डले सहमति गरेका छन् । गठबन्धनमा एउटै धारणा बनाउने प्रधानमन्त्री देउवाको प्रयास जारी छ ।



Author

थप समाचार
x