सरकार

संसद् बैठक छल्न कुश्मा पुगे अर्थमन्त्री

इकागज |
फागुन ११, २०७८ बुधबार २१:४१ बजे

फाइल फोटो

काठमाडौँ : एमसीसी पारित गर्ने तयारी भएका बेला संसद् बैठक छल्न अर्थमन्त्री जनार्दन शर्मा पर्वतको कुश्मा पुगेका छन् । पर्वत उधोग वाणिज्य संघको बिहीबार हुने साधारणसभामा सहभागी हुन अर्थमन्त्री शर्मा कुश्मा पुगेका हुन् ।

कुश्मामा पर्वतका व्यापारीले स्वागत गरेको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दै अर्थमन्त्री शर्माले न्यानो आतिथ्यताका लागि धन्यवाद भनेका छन् ।


बिहीबारको प्रतिनिधि सभा बैठकमा एमसीसी पारित गर्ने तयारी छ । तर नेकपा माओवादी केन्द्रले विपक्षमा मतदान गर्ने तयारी गरेपछि अर्थमन्त्री शर्मा संसद् छल्न अघिल्लै दिन कुश्मा पुगेका हुन् । यसअघि एमसीसी टेबल गर्दा पनि अर्थमन्त्री शर्मा संसद्मा अनुपस्थित थिए । 

 


Author

थप समाचार
x