सरकार

मांसाहारी आन्दोलनमा जान मन छ भनेका दाहाललाई थापाले भने - जावलाखेलको ‘जु’ मा राखिन्छ

इकागज |
माघ २३, २०७७ शुक्रबार १४:१ बजे

काठमाडौँ  : नेकपा ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले मांसाहारी आन्दोलन गर्नुपर्ने अवस्था आएको छ भनेका नेकपाका दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाललाई अपराधी भनेका छन् ।  ओली पक्षले नारायणहिटी दरबार संग्रहालय अगाडि गरेको बृहत् सभालाई सम्बोधन गर्दै उनले दाहाललाई अपराधी भनेका हुन् ।  ‘मांसाहारी तरिकाले हटाइनेछ भनेर घोषणा गर्दै हिँडेका छन् । हाम्रो संविधानले हाम्रो कानुनले मांसाहारी आन्दोलन गर्ने त्यस्तालाई अपराधी घोषित गरेको छ,’ उनले दाहालको नाम उच्चारण नगरिकनै भने, ‘त्यस्तालाई जाउलाखेलको जु मा बन्द गरिनेछ । ’ 

उनले देशमा तेस्रो जनआन्दोलनको थालनी भएको पनि बताए ।  ‘अस्थिरतालाई जनताले मात्रै सामान्य अवस्थामा ल्याउन सक्छन् । आज देशमा असाधारण परिस्थित सिर्जना भएको छ । आज देश आन्दोलित भएको  छ । अस्थिरताको विरुद्ध देश उत्रिएको छ,’ उनले भने, ‘संविधानको रक्षाको निम्ति आन्दोलित भएको छ । जनआन्दोलनको थालनी भएको छ । आज यस प्राङ्गणमा लाखौँको संख्याको जनताको उपस्थितीले तेस्रो जनआन्दोलन सुरु भएको छ भन्ने स्पष्ट गरेको छ ।ङ 
उनले अहिलेको राजनीतिक अस्थिरता स्थापना हुनुको पछाडिका कारण पनि उल्लेख गरेका छन् । 


‘आज यो असाधारण परिस्थित किन सिर्जना भयो ? यो राजनीति नेतृत्वको प्रश्नसित जोडिएको छ । यो अवस्था सिर्जना हुनुको पछाडि, आन्दोलन, अस्थिरता सुरु हुनुको पछाडि राजनीतिक नेतृत्व जोडिएको छ,’ उनले भने, ‘परिस्थिती सिर्जना हुनुको पछाडि तीन वटा कुरा जोडिएको छ । केन्द्रीय प्रश्न प्रधानमन्त्रीसित जोडिएको हुन्छ, पार्टीको अध्यक्ष, राष्ट्रपतिसँग जोडिएको छ । आज असाधारण परिस्थिती सिर्जना हुनुको पछाडि यिनीहरुलाई अपदस्त गर्न खोजेपछि सिर्जना भएको हो ।  पार्टीको अध्यक्षलाई अपदस्त गर्ने, विस्तापित गर्ने षडयन्त्र जोडिएको छ । सरकारको नेतृत्व विस्थापित गर्नेसँ जोडिएको छ ।राष्टपतिको मानमर्दन गर्नेसँग यो अस्थितरता जोडिएको छ ।’ 

 उनले देश निर्वाचनको माध्यमबाट आन्दोलनमा होमिएको पनि बताए । उनले आगामी निर्वाचनबाट समाजवाद र समृद्धि प्राप्त हुने पनि दाबी गरे ।   उनले नारायणहिटी दरबार अगाडि कार्यक्रम गणतन्त्रको रक्षाका लागि गरिएको पनि बताए । ‘यसले एउटा सन्देश दिएको छ । हामी गणतन्त्रको रक्षा गर्न सक्षम छौँ भन्ने सन्देश दिएको छ’ उनले भने, ‘नारायणहिटीको अगाडि गणतन्त्रको रक्षाको गर्न राजतन्त्रको स्थापना जन सभाको आयोजना गरिएको हो ।’   


Author

थप समाचार
x