सरकार

सर्वोच्चको फैसलाले राजनीतिलाई फोहोरको आहालतिर धकेलेको छ : पोखरेल

इकागज |
फागुन १४, २०७७ शुक्रबार १६:१३ बजे

फाइल तस्‍वीर

काठमाडौँ : उपप्रधान मन्‍त्री तथा ओली समूहका नेता इश्वर पोखरेलले सर्वोच्च अदालतको फैसलालले मुलुकलाई फेरि अस्थिरतातर्फ धकेलेको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पोखरेलले सर्वोच्चको फैसलाले मुलुकको राजनीति फोहोरको आहालतिर धकेलेको टिप्पणी गरे ।

‘हामी लोकतन्त्रमा विश्वास गर्छौ,’ शक्ति पृथककीरकणको कुरालाई विश्‍वास गर्छौ । हामी फैसलालाई मान्दछौं । तर, अदालतको फैसलाई मान्दामान्दै पनि सबैभन्दा ठूलो फैसला दिने न्यायाधीश भनेका जनता हुन् । तर हामी के विश्वास गर्दर्छौ भने तिमीभन्दा शक्तिशाली फैसला दिने न्यायाधीश जनता हुन् । सर्वोच्चका न्यायाधीश होइनन् ।’  उनले अगाडि भने, ‘म दुःखका साथ भन्न चाहन्छु । सर्वोच्चको फैसलालाले मुलुकको राजनीतिलाई फोहोरी आहालतर्फ धकेलेको छ । हामी सबैले त्यही हिसाबले दुःख व्यक्त गर्नुपर्दछ ।’




 

 


 


Author

थप समाचार
x