सरकार

‘कसैले धारे हात लगाउँदैमा प्रधानमन्त्रीले राजीनामा दिनुहुँन्‍न’

इकागज |
फागुन १४, २०७७ शुक्रबार १७:५३ बजे

काठमाडौँ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् । अनेरास्ववियूले शुक्रबार राजधानीमा आयोजना गरेको भेलामा बोल्दै उनले ‘कसैले धारे हात लगाउँदैमा प्रधानमन्त्रीले राजीनामा नदिने’ बताएका हुन् । 

प्रधानमन्त्री संसदीय सर्वोच्चता स्वीकार्ने भएकाले अविश्वासको प्रस्ताव सामना गर्ने धारणासमेत उनले राखे । उनले हिम्मत भए अविश्वासको प्रस्ताव ल्याउन चुनौतिसमेत दिए । ओली लोकतन्त्र, संस्थागत गरिने निर्णयमा विश्वास गर्ने भएकाले अविश्वासको प्रस्ताव सामना गर्नेसमेत उनले उल्लेख गरे । 


पोखरेलले कम्युनिस्ट पार्टी हिजोझैँ ‘चल्ते,चलाते’ ढङ्गले सञ्चालन नहुने जिकिरसमेत गरे । नयाँ कम्युनिस्ट पार्टीमा युवाहरू हुने र दशकौँदेखि पार्टी सत्ता कब्जा गरेकाहरू नहुने, फोहोरमैलाहरू सफा हुने पनि उनले बताए । 


Author

थप समाचार
x