सरकार

फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस

इकागज |
फागुन १७, २०७७ सोमबार १२:२६ बजे

फाइल तस्‍वीर

काठमाडौँ : सरकारले फागुन २३ गते अपरान्ह ४ बजे संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको एक मन्‍त्रीले जानकारी दिए ।

उनकाअनुसार यस बाहेक सोमबारको मन्त्रिपरिषद् बैठकले अरु कुनै निर्णय गरेको छैन । ‘२३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ,’ ती मन्त्रीले भने, यस बाहेक अरु कुनै निर्णय भएको छैन ।’


पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभालाई फागुन ११ गते सर्वोच्च अदालतले पुनःस्थापना गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।


Author

थप समाचार
x