सरकार

एक सचिवका लागि तीन सहसचिव सिफारिस

इकागज |
चैत ५, २०७७ बिहीबार १८:२३ बजे

फाइल तस्बिर

काठमाडौँ  :  लोकसेवा आयोगले रिक्त एक सचिव पदका निम्ति तीन सहसचिवलाई सिफारिस गरेको छ । आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बिहीबार बसेको बढुवा समितिको बैठकले सूचना आयोगका सहसचिव मुकुन्द पौडेल, स्वास्थ्य मन्त्रालयका दामोदर रेग्मी, उद्योग मन्त्रालयका सहसचिव गणेशप्रसाद पाण्डेलाई सिफारिस गरेको हो ।  

मन्त्रिपरिषद्ले तीन जना सहसचिव मध्येबाट एकलाई सचिवमा बढुवा गर्नेछ । आयोगले वरिष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवा सिफारिस गरेको हो ।  
पौडेल यसअघि पनि दुई पटकसम्म सिफारिसमा परिसकेका थिए । दामोदर रेग्मी यसअघि एक पटक सिफारिसमा परेका थिए । पाण्डे चाहिँ पहिलो पटक सिफारिसमा परेका हुन् । गण्डकी प्रदेशका प्रमुख सचिव विष्णुप्रसाद नेपालको पदावधि सकिएपछि सचिव पद रिक्त भएको हो ।  



Author

थप समाचार
x